३१ आश्विन २०८३, शनिबार

कोइरालाको स्वास्थ्यलाई लिएर काँग्रेसमा चिन्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala

काठमाडोँ, १२ असार । नेपाली काँग्रेसको पदाधिकारी बैठकले अमेरिकामा स्वास्थोपचारमा रहनुभएका पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री कोइराला र उहाँका निजी चिकित्सक डा. करवीरनाथ योगीसँग बिहीबार बिहान भएको टेलिफोन सम्बाद र उहाँको स्वास्थ्य स्थितिकोबारेमा अवगत गराउनुभएको थियो ।

प्रधानमन्त्री कोइराला स्वास्थ्योपचारका लागि यही असार २ गते अमेरिका प्रस्थान गर्नु भएको थियो । उहाँको अमेरिकाको न्यूयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा नियमित स्वास्थ्य परीक्षण हुँदै आएको छ ।

प्रधानमन्त्री कोइरालाको स्वास्थ्य परीक्षणमा संलग्न अमेरिकी चिकित्सकसँग निरन्तर परामर्शमा रहनुभएका प्रधानमन्त्री कोइरालाका निजी चिकित्सक डा.करबीरनाथ योगीले दिनुभएको जानकारी अनुसार चिकित्सकले उहाँलाई रेडियो थेरापीको उपचारको सल्लाह दिएका छन् ।

उहाँको उपचारमा संलग्न चिकित्सकले प्रधानमन्त्री कोइरालालाई शुक्रबारबाटै रेडियो थेरापी लिने समय तालिका निर्धारण गरेका छन् । कोइरालाको फोक्सोमा देखिएको दाग क्यान्सर नै भएको चिकित्सकले पुष्टि गरेको बताइएको छ ।