२८ आश्विन २०८३, बुधबार

दश लाख नेपाली लागुपदार्थ प्रयोगकर्ता, महिला पनि अधिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

drug-laguaausad

काठमाडौँ, १२ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रवीण मिश्रले लागुपदार्थ प्रयोगकर्तालाई सार्वजनिक अपमान तथा दण्ड नदिई वैज्ञानिक उपायद्वारा लागुपदार्थसम्बन्धी समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

अन्तर्राष्ट्रिय लागुपदार्थविरुद्धको दिवसका अवसरमा सारथी नेपालले बिहीबार आयोजना गरेको छलफल कार्यक्रममा उहाँले लागुपदार्थ प्रयोगले स्वास्थ्यमा जोखिम निम्त्याउने भएकाले उक्त समस्या कम गर्न सार्वजनिक स्वास्थ्य र सामाजिक सुरक्षामा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो ।

अधिकारकर्मी राजेश शाक्यले लागुपदार्थ प्रयोककर्तालाई लागुपदार्थबाट अलग बनाउन नेपालले गरेको सुधारात्मक कामलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताउनुभयो ।

सारथी नेपालका कार्यक्रम प्रमुख रविकृष्ण श्रेष्ठले युवा वर्गमा बढ्दै गएको लागुपदार्थ प्रयोगका कारणले हुने दुर्घटना कम गर्न सरकारले विशेष नीति बनाउनुपर्ने सुझाव दिनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा हाल एक करोडदेखि दुई करोडले सुईको माध्यमबाट लागुपदार्थ प्रयोग गर्ने गरेका छन् । प्रयोगकर्तालाई एचआइभी, क्षयरोग तथा हेपाटाइटिसको सङ्क्रमण उच्च छ ।

सारथी नेपालले गरेको अध्ययनले नेपालमा करिब १० लाख व्यक्तिले लागुपदार्थको प्रयोग गर्ने गरेको देखाएको छ । प्रयोग गर्नेमा बढी महिला, बालबालिका, किशोरकिशोरी तथा युवा छन् ।