३१ आश्विन २०८३, शनिबार

चमेलिया नदीमा बेपत्ता इन्जिनियरहरूको शव फेला पर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baitadi_district_Map

बैतडी, १२ असार । बुधबार सडकबाट चमेलिया नदीमा गाडी खसेर बेपत्ता भएका हेलो नेपाल मोबाइल कम्पनीका दुई इन्जिनियरको शव फेला परेको छ ।

बैतडीको सित्तडमा दुर्घटना भएर चमेलियामा खसेको गाडीमा सवार इन्जिनियर अतुल केसी र शैलेन्द्र खड्काको शव दुर्घटनास्थलभन्दा तीन किलोमिटर तल जाडाबगरमा फेला परेको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस तथा स्थानीय बासिन्दा हराइरहेका दुवै जनाको खोजी कार्यमा जुटेका थिए ।

दुर्घटना भएको ३२ घण्टापछि शवहरू फेला परेको र शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडी ल्याइएको बैतडीका प्रहरी निरीक्षक भरत शाहले जानकारी दिनुभयो ।

नदीबाट दुर्घटनाग्रस्त गाडी दिउँसो १२ बजेतिर निकालिएको थियो । गाडी निकालेपछि शवहरू चमेलिया र महाकाली नदीको दोभानभन्दा एक किलोमिटर पूर्वमा उद्धारकर्मीले फेला पारेको प्रहरीले बताएको छ ।

बुधबार बिहान ८ः३० बजे दार्चुलाबाट बैतडी आउँदै गर्दा बा७च २८५० नम्बरको स्कारपियो गाडी सडकबाट ५० मिटर तल चमेलिया नदीमा खसेको थियो ।