३१ आश्विन २०८३, शनिबार

स्थानीय निकायको निर्वाचन जसरी पनि गर्ने मन्त्री सिंहको दाबी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakash-man-singh--300x230काठमाडौँ, १२ असार । उपप्रधान एवं स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले जसरी भएपनि स्थानीय निकायको निर्वाचन गरेरै छाड्ने दृढता व्यक्त गर्नु भएको छ ।

उहाँले बिहीवार राजधानीमा महिला आत्मसुरक्षा कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । ‘सरकारको प्राथमिकता लोकतान्त्रिक संविधान निर्माण र स्थानीय निर्वाचन सम्पन्न गर्नु रहेको छ,’ उहाँले भन्नु्भयो, ‘आफू पराजित हुने डरले केही पार्टी स्थानीय निर्वाचनबाट भाग्न खोजेको छ तर सरकार निर्वाचनको गृहकार्य गरिरहेको छ ।’