काठमाडौँ, १२ असार । ब्राजिलमा जारी विश्वकप फुटबलको समुह चरणको अन्तिम खेल आज राती १० बजे समूह जीको खेलमा जर्मनीले अमेरिकाको तथा पोर्चुगलले घानाको सामना गर्ने भएको छ ।
जर्मनी र अमेरिका समान ४–४ अंक र घाना र पोर्चुगल चाँही १–१ अंकमा छन् । यो अवस्थामा पनि चारै टिमको अर्को चरण प्रवेश सम्भावना कायमै छ ।
त्यसैगरी राति पौने २ बजे समूह एचको खेलमा दक्षिण कोरियाले बेल्जियमको तथा अल्जेरियाले रुसको सामना गर्नेछ । यो समूहबाट स्पष्ट दुई जितका साथ बेल्जियमले यसअघि नै प्रिक्वार्टरफाइनलमा ठाउँ पक्का गरिसकेको छ । बाँकी तीन टोलीबीच भने अन्तिम १६ मा पुग्नका लागि प्रतिस्पर्धा हुनेछ ।
अल्जेरिया ३ तथा रुस १ अंकमा छ ।
ब्राजिलमा जारी विश्वकप फुटबलको नक आउट समीकरण भने शुक्रवार बिहान तयार हुनेछ । समूह चरणका खेल भोलि बिहान सकिएसंगै नकआउट समीकरण बन्ने भएको हो ।














प्रतिक्रिया