२९ आश्विन २०८३, बिहिबार

लुम्विनीलाई संसारकै नमुना सहर बनाउने कोरियाको गुरुयोजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lumbani

काठमाडौँ, १२ असार । कोरियाका प्राध्यापक क्वाकले लुम्बिनीलाई विश्व शान्ति सहर बनाउन ७७ करोड २० लाख डलर ९७५ अर्ब रुपैयाँ  गुरुयोजना प्रस्तुत गरेका छन् । उनले पर्यटनमन्त्री, सचिव लगायत सरोकारवाला सामू प्रस्तुत गरेको प्रारम्भिक गुरुयोजना अनुसार लुम्बिनी कमलको फूल आकारको हुनेछ ।

क्वाकका अनुसार लुम्बिनीलाई बीचमा राखेर चारैतिर पाँचरपाँच माइल अर्थात् ६ हजार ४ सय हेक्टरमा उक्त योजना बन्ने छ । पर्यटन मन्त्री भीम आचार्यले पनि गुरुयोजना राम्रो भएको प्रतिक्रिया दिएपछि योजना बन्ने सकारात्मक संकेत देखिएको छ । तीन चरणमा पुरा गरिने गुरुयोजना को सबै काम सकाउन सात सय ७२ मिलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । सन् २०१६ देखि २०३० सम्म तयार गरिसक्ने गरि योजना बनाइएको छ ।

प्राध्यापक क्वाकका अनुसार पहिलो चरण सन् २०१६ देखि २०२० सम्मको हुनेछ भने दोस्रो २०२१ देखि २०२५ र तेस्रो चरण २०१६ देखि २०३० सम्मको हुनेछ । निर्माणका चरण बाहेक अनुसन्धान तथा पूर्व तयारीको चरण भने २०१४ देखि २०१५ सम्मलाई तोकिएको प्राध्यापक क्वाकले बताए । तयारी चरणको लागि २० लाख अमेरिकी डलर छट्ट्याइएको छ ।
योजना अनुसार लुम्विनी शान्ति शहरलाई कमलको फूलको आकारमा बनाइने छ भने एउटै साइजका घर, बगैंचा, फराकिला चिल्ला सडक, पानी, विजुली, स्कुल, अस्पताल लगायत सबै सुविधा सहितको सहर बन्नेछ । त्यहाँ बन्ने घरहरु न अग्ला हुनेछन्, न त फोहोर र प्रदूषण गर्ने उद्योग धन्दा कलकारखाना नै । खाली ठाउँहरु रंगीचंगी फूल र बगैंचाहरुले सजिएका हुनेछन् । लुम्विनीमा शान्ति सहर बनिसकेपछि संसारकै नमुना सहर हुने क्वाकको गुरुयोजनामा प्रस्तुत छ ।