१ कार्तिक २०८३, शनिबार

पाँच माओवादीको मोर्चा आज बन्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Umaobadi Logo

काठमाडौ, १२ असार । सयुक्त मोर्चा बनाउने विषयमा पाँच कम्युनिष्ट पार्टीले आज निर्णय गर्ने भएका छन् ।

एकीकृत नेकपा माओवादी, नेकपा–माओवादीसहित पाँच वटा कम्युनिष्ट पार्टीबीच कार्यगत एकताका लागि आज पनि छलफल हुन लागेको हो । आज बेलुका बस्ने बैठकमा मोर्चाको नाम र नेतृत्वको विषयमा छलफल हुनेछ । यसअघि तयार गरिएको कार्यदलले प्रतिवेदन तयार गरेको र आज त्यसमा छलफल गरेर अन्तिम टुंगो लगाइने बताइएको छ ।

एकीकृत माओवादी र नेकपा–माओवादीसहित मातृका यादव नेतृत्वको नेकपा माओवादी, क्रान्तिकारी कम्युनिष्ट पाटी र नेकपा एकीकृतसहितको मोर्चा बनाउने तयारी छ । कार्यदलका सदस्य नेकपा–माओवादीका सचिव देव गुरुङले मोर्चा गठनसँगै सहकार्यको सीमा, क्षेत्र र कार्यक्रमका विषयमा आज छलफल हुने जानकारी दिनुभयो । समितिले कार्यगत एकताको नाम, यसको नेतृत्व, उद्देश्य र त्यसपछि कसरी काम गर्ने भन्ने प्रतिवेदन तयार पारेको गुरुङले जानकारी दिनुभयो ।