२८ आश्विन २०८३, बुधबार

माल्भिका सुब्बाले फेसन शोका लागि अमेरिकामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malvika-subba

विजय थापा

भर्जिनिया । पूर्व नेपाल सुन्दरी तथा कार्यक्रम प्रस्तोता माल्भिका सुब्बाले अमेरिकामा हुन लागेको ३२ औ एएनए डिसी सम्मेलन घन्काउने भएकी छिन् ।

अमेरिकामा नेपाली समुदायको सबैभन्दा ठूलो सम्मेलनमा भाग लिन माल्भिका आउने जानकारी सम्मेलनका सांस्कृतिक संयोजक नायक सरोज खनालले बताए ।

गतबर्ष पनि उनी न्युयोर्कमा आएकी थिइन् भने यसपालि उनले एएनए सम्मेलनको फेसन प्रदर्शन कार्यक्रम संचालन गर्न लागेकी हुन् । सम्मेलनको अन्तिम दिनको बृहत सांस्कृतिक साँझमा राजेश हमाल, राजेश पायल तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति हुने आयोजक मध्येका एक हेमन्त श्रेष्ठले जानकारी दिए ।

हरेक बर्ष एएनए फेसन प्रदर्शनको कार्यक्रम प्रस्तुति स्थानीय प्रतिभाशाली कलाकारले गर्ने गरेकी थिए ।

अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ तारिख देखि ६ सम्म हुने तीन दिवसीय कार्यक्रमको तयारी अन्तिम चरणमा पुगि सकेको छ ।