२९ आश्विन २०८३, बिहिबार

नीलकण्ठ नगरपालिका साक्षर नगरपालिका घोषित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhadingbesi

धादिङ, १२ असार । नीलकण्ठ, मुरलीभञ्ज्याङ, साँकोस र सुनौलाबजार गाविस गाभेर बनेको नीलकण्ठ नगरपालिकालाई बुधबार साक्षर नगरपालिका घोषित गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सरकारको साक्षरता अभियान कार्यक्रमअन्तर्गत चार गाविस गाभेर बनेको नीलकण्ठ नगरपालिकाका नगरवासी तोकिएको मापदण्डअनुसार साक्षर भएकाले साक्षर नगरपालिका भएको घोषणा गर्नुभएको हो ।

नीलकण्ठ नगरपालिकाको जनसङ्ख्या ३९ हजार ६०६ भएकामा ३८ हजार ८११ जना साक्षर भई ९८ प्रतिशत नागरिक साक्षर भइसकेको आधारमा साक्षर नगरपालिका घोषणा गरिएको हो । ९५ प्रतिशतभन्दा माथि साक्षर भएको स्थान, क्षेत्रलाई साक्षर घोषणा गर्न सकिने प्रावधान रहेको छ ।

धादिङ जिल्लाको ५० गाविसमध्ये चार गाविस नगरपालिकाभित्र गाभिन गई बाँकी रहेको ४६ गाविसमा एक÷दुई गाविसबाहेक अरू गाविस पनि साक्षर गाविस घोषित भइसकेकाले केही दिनभित्रै त्यसको पनि घोषणा गरी यसै महिनाभित्र जिल्लालाई नै साक्षर जिल्ला घोषित गर्ने काम भइरहेको जिशिअ दीपेन्द्र सुवेदीले बताउनुभयो ।

नगरपालिकाका कार्यकारी प्रमुख जनकराज शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा अनौपचारिक शिक्षा केन्द्र सानोठिमीका उपनिर्देशक दिनेश घिमिरे, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिले हालै गठन भएको नगरपालिका साक्षर घोषित भएकामा खुसी प्रकट गर्नुभयो । रासस