वीरगन्ज (पर्सा), १२ असार । बोक्सीको आरोपमा छिमेकीद्वारा कुटिएकी मिर्जापुर निवासी सुशीला खातुनले न्याय पाउन सकेकी छैनन् ।
बोक्सीको आरोप लगाउँदै छिमेकीले उनीमाथि कुटपिट गरे पनि इलाका प्रहरी कार्यालय पोखरियाले पीडकहरुलाई कानुनी कारबाहीबिना नै मुक्त गरिदिएको पीडकको आरोप छ । मिर्जापुर–२ निवासी ४० वर्षीया खातुनलाई छिमेकी भुलाई यादव भनिने अयोध्या यादव, जयराम यादव, प्रमोद यादव र भोज यादवले सामूहिक रुपमा कुटपिट गर्दै घाइते बनाएपछि फरार भएका थिए ।
फरारमध्ये दुईजनालाई प्रहरीले नियन्त्रणमा लिए पनि सामान्य सोधपुछपछि मुक्त गरिदिएको गुनासो पीडितका श्रीमान् रैफुल मियाँको छ ।
गम्भीर घाइते अवस्थामा रहेकी खातुनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार जारी छ र उपचारका लागि पनि रकम अभावका कारण समस्या भएको मियाँले बताउनुभयो ।
















प्रतिक्रिया