२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्री कोइरालाको स्वास्थ्य परीक्षण जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koirala

काठमाडौं, ११ असार । प्रधानमन्त्री सुशील कोइरालाको अमेरिकाको न्युयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा बुधबार नियमित स्वास्थ्य परीक्षण गरिएको छ ।

चिकित्सकको सल्लाहअनुसार उहाँ अस्पताल जानु भई थप परीक्षण गर्नुभएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोगले जनाएको छ ।

नियोगका अनुसार बिहीबार पनि प्रधानमन्त्री कोइरालाको स्वास्थ्य परीक्षण हुनेछ । प्रधानमन्त्री कोइराला स्वास्थ्योपचारका सिलसिलामा यही असार २ गते अमेरिका प्रस्थान गर्नुभएको थियो ।

उहाँले सोही सेन्टरमा विगत केही वर्षदेखि नियमितरूपमा उपचार गराउँदै आउनुभएको छ ।