२९ आश्विन २०८३, बिहिबार

‘भूमाफिया र ठेकेदारको षडयन्त्रमा राजधानीमा नयाँ नगरपालिका’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narayanman

भक्तपुर, ११ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले भूमाफिया र ठेकेदारको जंजालमा फसेर उपत्यकालाई गाविसविहीन बनाउने षडयन्त्र गरेको आरोप लगाउनुभएको छ ।

रफत सञ्चार क्लव भक्तपुरले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले षड्यन्त्रमा परेर सरकारले ल्याएको नयाँ नगरपालिका घोषणा कार्यक्रम स्वीकार्य नहुने बताउनुभयो ।

अध्यक्ष बिजुक्छेले नगरपालिका बन्नका लागि आवश्यक भौतिक पूर्वाधार पुरा नै नगरी र जनस्तरमा छलफल नै नगरी नगरपालिका घोषणा गर्नु उचित नहुने धारणा राख्नु भयो ।

एक फरक प्रसङ्गमा उहाँले सभासद्हरू सदनमा भन्दा योजना आयोग र एनजियो –आइएनजियोको कार्यक्रममा धाउनुले संसद भवनका सिटहरू खाली भइरहेको बताउँदै ठूला दल संविधान निर्माणमा भन्दा आर्थिक चलखेलमा अग्रसर रहेको उल्लेख गर्नु भयो ।