बैतडी, ११ असार। दार्चुलाबाट बैतडीतर्फ आईरहेको हेलो नेपालको जीप बैतडीको सित्तड ४ पञ्जुनयाँ भन्ने ठाउँमा दुर्घटना हुँदा २ जना जीप सहित चमेलिया नदीमा बेपत्ता भएका छन ।
वेपत्ता दुइटैको मृत्यु भएको प्रहरीको अनुमान छ । घटनमा परि जीप चालक घाइते भएका छन् । उनी भीरमै अडकेकाले वाँच्न सफल भएको प्रहरीले वताए ।
हेलो नपालको दार्चुला ग्वानीमा टावर जडान गरी बुधबार विहान ८ वजेतिर दाचुलाको गोकुलेश्वरबाट बैतडी आउने क्रममा जीप दुर्घटना भएको हो । बा ७ प २८५० नम्बरको जीप सडकबाट एक सय ५० मिटर तल चमेलिया नदीमा खस्दा जीप सहित सवार दुई जना फेला नपरेको प्रहरी निरिक्षक भरत शाहले वताए । पौडी खेल्ने मान्छे लगाएर पनि कुनै अत्तो पत्तो छैन उनले भने । घाइते चालक विक्रम खड्का अनुसार, जीपमा ३ जना रहेका थए । जीप मोडने वेलामा खसेकाले आफू हाम फाल्न सफल भएको वताए ।
पौडी खेल्ने मान्छे लगाएर पनि कुनै अत्तो पत्तो छैन उनले भने । घाइते चालक विक्रम खड्का अनुसार जीपमा ३ जना रहेका थए । जीप मोडने वेलामा खसेकाले आफू हाम फाल्न सफल भएको वताए । वेपत्ता मध्ये भक्तपुर घर भएका इन्जिनियर अतुल केसि र अर्का एक नाम ठेगाना नखुलेका व्यक्ति रहेका छन् ।
















प्रतिक्रिया