२९ आश्विन २०८३, बिहिबार

अपहरणकारीलाई छुटाउने भन्दै १० लाख खानेलाई प्रहरीले समात्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

police-2विराटनगर, असार ११ । अपहरणकारीबाट अपहरण मुक्त गराइदिने भन्दै अपहरणमा परेका व्यक्तिको परिगवारसँग पैसा असुल्ने चार युवालाई प्रहरीले फेला पारेको छ ।

विराटनगरस्थित राष्ट्रिय वाणिज्य बैंकका ऋण अधिकृत कृष्ण साहलाई उनीहरुले अपहरणकारीबाट अपहरण मुक्त गराइदिने भन्दै परिवारसँग पैसा असुलेका थिए ।

अनुसन्धानका क्रममा प्रहरीले उनीहरुले भारु १० लाख रुपैयाँ असुलेको खुलासा गरेको हो । दुई नक्कली अपहरणकारी बनेर पैसा असुल्ने दुई युवालाई दुई लाख नगदसहित प्रहरीले पक्राउ गरेको छ । त्यो कुराको सुइको प्रहरीले ती पक्राउ गरेकाबाटै थाहा पाएको हो । ८ लाख रुपैयाँसहित अन्य दुई जना भने फरार छन् ।
साह अपहरणमा परेको सार्वजनिक भएपछि सुनसरी औराबनीका रामनारायण यादव, बिराटनगर–१८ का देवानन्द यादव, अनोज र सनोज यादवको समुहले साहलाई छुटाईदिने भन्दै भारत पश्चिम बंगालको खोरीबारी गाउँबाट १० लाख भारु असुलेका थिए ।