२९ आश्विन २०८३, बिहिबार

सत्र जना फरार अभियुक्त पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatkadiगौशाला, १० असार । महोत्तरी प्रहरीले १७ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालत महोत्तरीद्वारा दोषी ठहरिएका १५ जना र प्रहरी अनुसन्धानका क्रममा फरार रहेका दुई जनालाई आज समातिएको हो ।

पक्राउ पर्नेहरूमा हात्तीलेट–५ का ६० वर्षीय नथुनी साह, ५५ वर्षीया शैलदेवी साह, किसाननगर–९ का ५२ वर्षीय रामनारायण सिंह, रामउदार सिंह, भ्रमरपुरा–३ का रामनरेश ठाकुरलगायतकारहेका छन् ।

फरार अभियुक्तहरूको खोजविन अभियानअन्तर्गत महोत्तरी प्रहरीको विशेष टोलीले घरबाटै उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये कुटपिट र लुटपाट मुद्दाअन्तर्गत रामनरेश ठाकुरलाई जिल्ला अदालत महोत्तरीले दुई महिना १५ दिन कैद र एक हजार दुई सय जरिवाना गरेको छ ।