२९ आश्विन २०८३, बिहिबार

प्रतिनिधि सभा १ सय ५१ बनाउन प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-Rawal-200x232काठमाडौं, १० असार । (एमाले)का सभासद भीमबहादुर रावलले विगतका राजनीतिक सहमतिको भुल्न नहुँने बताएका छन् । उनले दलहरुका बीच पहिला भएका सहमति सबैले स्मरण गरे मात्रै तोकिएको समयमा नयाँ संविधान बनाउन सकिने बताए ।

बानेश्वरमा आज बसेको संविधानसभा बैठकमा उनले नयाँ बन्ने संविधानमा प्रतिनिधिसभा १ सय ५१ र राष्ट्रियसभामा ६० सदस्य बनाउन पर्ने प्रस्ताव गरे ।

‘मिश्रित निर्वाचन प्रणाली अवलम्बन गर्दा त्यसमा जनसङ्ख्या र भूगोलका आधारमा प्रतिनिधित्व गराउने व्यवस्था हुनुपर्छ’, उनले भने ।

विद्यमान समानुपातिक निर्वाचन प्रणालीमा परिमार्जन गर्नुपर्ने बताएका रावलले प्रदेश निर्माण, साधनस्रोतको परिचालन, विकास निर्माणको सुनिश्चितता, आत्मनिर्णयको अधिकार भनेर देशको अखण्डतामा आँच पुग्ने काम हुन नहुने बताए ।

एमाओवादीका सभासद अग्निप्रसाद सापकोटाले सत्ता र शक्तिका स्रोत जनता भएकाले जनता, परिवर्तन र अग्रगमनलाई नै केन्द्रमा राखेर व्यवस्थापिकाको स्वरुप निर्धारण गर्नुपर्ने बताए ।

राप्रपा नेपालका सभासद दिलनाथ गिरीले अमेरिकी सिनेट जत्तिकै शाक्तिशाली सदन हुनुपर्ने बताए । उनले २ सय ७ सदस्यीय प्रतिनिधिसभा र ७० सदस्यीय राष्ट्रियसभा उपयुक्त हुने उल्लेख गरे ।

नेकपा (माले)का सभासद चन्द्रप्रकाश मैनालीले विज्ञ, प्रतिष्ठित व्यक्तिलाई राष्ट्रिय सभामा चयन गर्नुपर्ने व्यवस्थाको प्रस्ताव गरे । उनले छ वटाभन्दा बढी प्रादेशिक राज्य हुन नहुने भन्दै जातीय पहिचानयुक्त क्षेत्रीय एकाइ प्रदेशमा गठन गर्नुपर्ने बताए ।

उनले एक सदनात्मक प्रदेश र त्यसमा बढीमा ३५ जना सदस्य चुनावबाट आउने प्रावधान हुनुपर्ने बताए ।