२९ आश्विन २०८३, बिहिबार

ब्राजिलमा विश्वकप, नेपालमा जर्सी बिक्री

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

world-cup-kits2_2917869kकाठमाडौं, १० असार । ब्राजिलमा जारी २० औं संस्करणको विश्वकपको ‘क्रेज’ नेपालमा यति बढेको छ कि सहर र गाउँ जताततै रंगीबिरंगी जर्सीले छपक्कै छोपिएका छन् । नेपाल विश्पकपमा पुग्न नसकेपनि नेपालीको यो ‘क्रेज’ले करोडौं व्यापार भने गरेको छ ।

व्यवसायीका अनुसार १ महिनायता मात्रै देशभर करिव ५० करोडका ८ लाख थान जर्सी बिकेका छन् ।

ब्राजिल, अर्जेन्टिना, जर्मनीजस्ता टिमका जर्सी बिक्री सूचीमा अग्रणी छन् ।

स्पेन र इंगल्याण्डजस्ता दाबेदार पहिलो चरणबाटै बाहिरिएपछि उनीहरुका जर्सी लगाउने देखिनै छाडेका छन् । नेपाली बजारमा ६ सयदेखि ११ सय रुपियाँ सम्मको जर्सी बिक्री भएको न्युरोड ओटुस्थित उपकार टे्रडिङका प्रोपाइटर पुकार कडरियाले बताए ।

विश्वकप सुरु हुनुभन्दा अघिदेखि नै जर्सी बिक्री हुन थालेको उनले सुनाए । न्युरोडमा यस्ता जर्सीका थोक विक्रेताहरू १० भन्दा बढी ठाउँमा रहेको कडरियाको भनाई छ ।

होलसेल तथा कपडाका खुद्रा विक्रेताले मात्र नभई यसपटक अरु व्यापारीले पनि जर्सी बेचिरहेकाले उत्साहजनक रहेको अर्का व्यापारी बसन्त कार्कीले बताए । नेपालमा विक्री हुने जर्सीको करिब ८० प्रतिशत काठमाडौँमै खपत हुने दावी कडरियाको छ ।