काठमाडौँ, १० असार । विकिासका नाममा निकासा भएको दाम दलका भवन निर्माणमा खर्च भएको पाइएको छ । बरिष्ठ नेताका स्मृतिमा भवन फाउन्डेसन र प्रतिष्ठान बनाउने नाममा बजेट छुट्याउने र त्यो बजेट दल विशेषका हितमा खर्च गर्ने क्रम बढेको छ ।
स्थानीय विकास मन्त्रालयले स्थानीय विकास कार्यक्रमका नाममा चालू आर्थिक वर्षमा दर्जनभन्दा बढी यस्ता योजना बजेट छुट्याएको छ ।
स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय विकास कार्यक्रममा विनियोजित रकममध्ये कांग्रेसका नेताहरुका नाममा १० जिल्लामा दर्जन बढी योजनाका लागि ७६ लाख रुपियाँ छुट्याएका छन् ।
यसअघि एमाओवादीबाट स्थानीय विकासमन्त्री बनेका नारायणकाजी श्रेष्ठले पनि पार्टी निकट संघ, संस्था, क्लब र प्रतिष्ठानलाई झन्डै एक करोड रुपैयाँ बाँडेका थिए । उनले घटीमा ल१० लाख र बढीमा २५ लाख रुपियाँसम्म दिएका थिए ।
गतवर्ष रसुवामा सहिद प्रतिष्ठानका नाममा लगेको १० लाख पनि एमाओवादीले पार्टी भवन बनाउन खर्चेको छ ।
त्यस्तै धादिङ सामूदायिक वनका नाममा विनियोजित रकमबाट एमाओवादी निकट रेडियो बिहानीको भवन बनेको छ ।
मन्त्रालयका एक अधिकारीले भने,’पाँच वर्षयता देखाउनका लागि नेताका नामका स्मृति भवन, फाउन्डेसन, प्रतिष्ठान र पुस्तकालय भनेर योजनामा राखिन्छ । बजेट पाएपछि पार्टीको भवन निर्माण गर्न प्रयोग गरिएको पाएका छौँ ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट













प्रतिक्रिया