चितवन, १० असार । बाहिरी जिल्लाबाट उपचारका लागि काठमाडौं जाने बिरामीलाई एम्बुलेन्स चालकले अस्पताल छान्न नदिने गरेको पाइएको छ ।
चालक र अस्पताल सञ्चालकसँगको मिलेमतोमा गम्भिर प्रकृतिका बिरामीले उनीहरुले तोकेअनुसारको अस्पताल पुग्नुपर्ने बाध्यता छ ।
यसबापत एम्बुलेन्स चालकले सम्बन्धित अस्पतालबाट मोटो कमिसन लिने र त्यो रकम अस्पतालले विरामीबाट उपचारको बहानामा असुल्ने बताइन्छ ।
आफ्नो अस्पतालमा बिरामी ल्याउने सेटिङ मिलाउन सञ्चालकहरुले सामूहिक रुपमै एम्बुलेन्स चालकलाई भेट्ने गरेका छन् । शनिबार भरतपुरको फेमिली रेस्टुरेन्टमा एम्बुलेन्स चालकहरुको भेला थियो ।
उनीहरुलाई भेट्न काठमाडौंस्थित ग्रान्डी अस्पतालका प्रतिनिधि आएका थिए । ‘अस्पतालको सेवासुविधाबारे जानकारी दिन भेला राख्ने भन्छन्,’ हामी साथी जुटाइएदिन्छौँ,’ चितवनका एम्बुलेन्स चालकको संस्थाका अध्यक्षले भने ।
तर भेलामा अस्पतालमा बिरामी ल्याइदिएबापत चालकलाई प्राप्त हुने कमिसनबारे मात्रै मोलमोलाई चल्ने सहभागी बताउँछन् ।
चितवनमा १ सय ३५ एम्बुलेन्स छन् । बढीजस्तो काठमाडौमा नयाँ खुलेका अस्पतालका प्रतिनिधि चितवन आएर चालक फकाउने गरेका छन् । नागरिक दैनिकबाट













प्रतिक्रिया