२९ आश्विन २०८३, बिहिबार

महानिर्देशकलाई उपमहानिर्देशकमा सरुवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singhadurbar

काठमाडौं, १० असार । सरकारले महानिर्देशक भइसकेका उद्योग मन्त्रालयका सहसचिव रामआधार साहलाई प्रशासनिक मर्यादा र कानुनको भावनाविपरीत वातावरण विभागको उप महानिर्देशकमा सरुवा गरेको छ ।

उद्योगमन्त्री सुनिलबहादुर थापाले एक महिनाअघि साहलाई गुणस्तर तथा नापतौल विभागको महानिर्देशकबाट हटाई मन्त्रालयमा कामा सरुवा गरेका थिए । थापाकै प्रस्तावमा मन्त्रिपरिषदले निजामती सेवा नियमावलीको भावनाविपरीत अपमानपूर्वक घटुवा हुने गरी वातावरण विभागको तल्लो पदमा सरुवा गरेको हो ।

निजामती सेवा नियमावलीमा यस नियमावलीमा अन्यत्र जेसुकै लेखिएको भए तापनि मन्त्रालय वा विभाग वा केन्द्रीय निकाय या क्षेत्रीय कार्यालय वा जिल्लास्तरीय कार्यालयको प्रमुख निजामती कर्मचारीलाई निजले स्वेच्छाले माग गरेकामा बाहेक समान श्रेणीको पदमा सोभन्दा तल्लो निकाय वा कार्यालयमा सरुवा गरिने छैन उल्लेख छ ।

नियमावलीको यो व्यवस्थाअनुसार महानिर्देशक भइसकेको व्यक्तिलाई उपमहानिर्देशमा सरुवा गर्न मिल्दैन । कान्तिपुर दैनिकबाट