न्यूयोर्क, १० असार । सेतो कुर्ता-पाइजामा पहिरिएका प्रधानमन्त्री सुशील कोइरालाको मलिन अनुहार पर्याप्त थियो उनको अस्वस्थता दर्शाउन ।
गत शुक्रबार बायोस्पीलगायत अन्य परिक्षणहरुपछि त ७५ वर्षीय कोइराला झनै थकित देखिन्थे । उनका अंगरक्षक धेरै कुराकानी नगर्न ईशारा गर्दै थिए । ‘कस्तो छ तपाईको स्वास्थ्य स्थिति ?’ भन्ने शुरुवाती प्रश्नमा कोइरालाले भने, ‘हेल्थबारे सबै कुरा बाहिर आइसकेको छ । देशको राजनीतिबारे सोध्नुस् । मेरो स्वास्थ्यको चिन्ता छैन, देशको स्वास्थ्यको चिन्ता छ ।’
अमेरिकास्थित नेपाली पत्रकारहरुसँगको भेटमा आइतबार कोइरालाले स्वास्थ्यबारे बोल्न अनिच्छा जनाउँदा जनाउँदै अघिल्लो रात लगातार खोकी लागेर सुत्न गाह्रो भएको भने बताए । रगत तानिएको दाहिने हातको नाडीको रातो डाम देखाउँदै भने, ‘डाक्टरले परिक्षण गरिरहेका छन्, रिपोर्ट केही दिनमा आउँछ ।’
आफनो स्वास्थ्य स्थितिले सरकारको कामकारवाहीमा फरक नपारेको कोइरालाको भनाइ थियो । उनको कथन थियो, ‘सरकार चलिरहेको छ । चल्छ । बामदेवजी हुनुहुन्छ ।’ कान्तिपुर दैनिकबाट













प्रतिक्रिया