२९ आश्विन २०८३, बिहिबार

महेश सिंहलाई छाड्यो सर्वोच्चले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahesh Singhकाठमाडौं, १० असार । हातहतियार तथा खरखजना, गाडी चोरी लगायतका अभियोगमा प्रहरी हिरासतमा रहेका महेश सिंहलाई सर्वोच्च अदालतले छाड्ने आदेश दिएको छ ।

न्यायाधीशद्वय दिपकराज जोशी र चोलेन्द्र समशेर राणाको इजलाशले सोमबार सिंहलाई छाडी पाऊँ भनी परेको बन्दीप्रत्यक्षीकरणको रिट जारी गर्दै छाड्ने आदेश दिएको हो ।

मुद्दा नचलाई कुनै प्रवृत्त भावनाबाट थुनामा राखेको देखिएकाले सिंहलाई छाड्नु पर्ने ठहरमा जोशी र राणाको इजलाश पुगेको हो । सिंहलाई उच्च ब्याजदरमा करोडौँ रुपैयाँ लगानी गर्ने र नतिर्नेलाई अपहरण गर्ने अभियोगमा मुद्दा खेपिरहेका सिंहलाई जेठ १९ गते राती जिल्ला अदालतका न्यायाधीश राजेशकुमार काफ्लेले प्रक्रिया मिचेरै सफाइ दिएका थिए ।

सफाइ पाएपछि कारागारबाट छुटेका सिंहलाई ललितपुर प्रहरीले हातहतियार तथा खरखजाना मुद्दाको अनुसन्धानका लागि हिरासतमा लगेको थियो । तर सरकारी वकिलको कार्यालयले सिंहलाई मुद्दा नचलाउने निर्णय गरेपछि उनलाई अवैध वन्य जन्तुको तस्करी मुद्दामा अनुसन्धान गर्न जिल्ला वन कार्यालयले हिरासतमा लिएको छ ।

प्रहरीका अनुसार हाल उनी वन कार्यालयको निगरानीमा पाटन अस्पतालमा भर्ना भएका छन् । सिंहविरुद्ध मुद्दा नचलाइएकाले हातहतियार तथा खरखजना र गाडी चोरीको अभियोगमा थुनामा नराख्न सर्वोच्चले आदेश गरेको हो । कान्तिपुर दैनिकबाट