२९ आश्विन २०८३, बिहिबार

विहेको १३ महिनामै पत्नीको हत्या गर्ने युवक यसरी परे फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatkadi

सप्तरी, ९ असार । सप्तरीको पंसेरा गाविस–५ की एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले उनका पति र सासूलाई पक्राउ गरेको छ ।

पंसेर गाविस–५ निवासी २५ वर्षीया नगिना साहको हत्या गरेको आरोपमा उहाँका पति शत्रुघन साह र सासू सुमित्रा देवीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका आमा र छोरालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको जनाइएको छ । गत शनिबार राति नगिनाको आफ्नै घरमा रहस्यमय मृत्यु भएको थियो ।

मृतक नगिनाको घाँटीमा थिचेको निलडाम र शरीरको अन्य भागमा पनि निलडाम देखिएकाले नगिनाको पति सत्रुघनले हत्या गरेको स्थानीयले बताएका छन् ।

साहको पति–पत्नीबीच केही दिनयता झगडा हुँदै आएको र शनिबार राति ८ बजे नगिनालाई कुटपिट गर्दा उनी चौकतिर भाग्न खोजे पनि पति शत्रुघनले समातेर ल्याएर घाँटी थिचेर उनको हत्या गरेको स्थानीयले बताएका छन्् ।

यता नगिनाका पति सत्रुघनले घटना भएको समयमा आफू घरमा नरहेको र आमाले नगिनालाई बेहोसी अवस्था देखेपछि आफूलाई खबर गरेकाले मात्र घटनाबारे थाहा पाएको बताएका छन् ।

घर आएर बेहोस अवस्थामा देखिएकी नगिनालाई एम्बुलेन्सबाट लहान अस्पताल पु¥याएलगत्तै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

शवलाई पुनः घरमै ल्याएर राखेका बेला प्रहरीले आफूलाई पक्राउ गरेकाले घटना कसरी भयो भन्ने आफूलाई थाहा नभएको सत्रुघनले बताएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

नगिनाको हत्या भएको हो वा आत्महत्या त्यसबारे अनुसन्धान भइरहेको र शव परीक्षणका लागि लहान अस्पतालमा राखिएको प्रहरी निरीक्षक यादवले बताउनुभयो ।

धनुषाको जनकपुर माइती भएकी नगिनाको १३ महिनाअघि मात्र शत्रुघनसँग विवाह भएको थियो ।