म्याग्दी, ९ असार । म्याग्दीको राखु भगवती–९ मा रहेको देउराली प्राविमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वारा शिक्षकमाथि हातपात भएको छ ।
विद्यालयको बैठकमा भनाभन हुँदा व्यवस्थापन समितिका अध्यक्ष थानबहादुर भण्डारी र निजका छोरा प्रकाश भण्डारीले सोही विद्यालयका शिक्षक दीर्घादत्त शर्मामाथि हातपात गरेको प्रहरीले जनाएको छ ।
बैठकमा आपसी भनाभनबाट विवाद सिर्जना भई भण्डारीका बाबु छोराले शिक्षक शर्मालाई कुठपिट गरेका हुन् । कुटपिटबाट घाइते भएका शर्मालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कुटपिटको घटनामा संलग्नलाई आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया