१ कार्तिक २०८३, शनिबार

चितवन र कैलालीमा काँग्रेस विजयी, बर्दियामा एमाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-Uml

काठमाडौं, ९ असार । संविधानसभा उपनिर्वाचनमा काँग्रेसले २ र एमालेले एक ठाउँमा विजयी भएको छ ।

चितवन ४ र कैलाली ६ मा कांग्रेसले जितेको छ भने बर्दिया १ मा एमालेले जितेको छ ।

यसअघि प्रधानमन्त्री सुशील कोइरालाले जितेको चितवन क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवार रामकृष्ण घिमिरे विजयी भएका छन् । घिमिरेले २० हजार तीनसय १८ मत पाए, निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार पार्वती रावलले १७ हजार २ सय ७२ मन पाइन् । यसअघिको निर्वाचनमा रावल तेस्रो स्थानमा थिइन् ।

एमाओवादीका उम्मेदवार खुशीराम पाख्रिनले ७ हजा ८ सय ५५ मत ल्याए ।

यता, काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले छाडेको कैलाली क्षेत्र नम्बर ६ मा पनि कांग्रेस उम्मेदवार पुष्करनाथ ओझा विजयी भएका छन् । उनले १४ हजार ७ सय ८४ मत पाए । निकटतम प्रतिद्वन्द्वी एमालेका महेश्वर पाठकले ११ हजार ९ सय ५९ मत, राप्रपा नेपालका राजेश भण्डारीले ४ हजार ३ सय ६४ मत ल्याएका छन् ।

यता, कार्यबाहक प्रधानमन्त्री वामदेव गौतमले यसअघि जितेको बर्दिया १ मा एमाले उम्मदेवार श्यामप्रसाद ढकाल विजयी भएका छन् । उनले १६ हजार ६ सय ९६ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सोदे विष्टले ११ हजार ३ सय ३५ मत र एमाओवादीका उम्मेदवार भवनकुमा थारुले ११ हजार ३१ मत ल्याएका छन् ।

काठमाडौं २ को भने मतपरिणाम आउन बाँकी छ ।