२९ आश्विन २०८३, बिहिबार

तीन करोड फिरौती माग्ने अपहकरणकारी पक्राउ, अपृहत मुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ८ असार । राष्ट्रिय वाhatkadiणिज्य बैंक विराटनगर रानीका कर अधिकृत कृष्ण साहको अपहरण गरी रु तीन करोड फिरौती रकम माग्ने दुई भारतीयसहित चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी तनमुना–८ का ३६ वर्षीय हरेश चौधरी, सोनापुर–९ का ३० वर्षीय अनिल चौधरी तथा भारत फार्विसगन्ज मझुवा बस्ने २५ वर्षीय प्रदीप विश्वास र विहार नरपथगन्ज थाना बस्ने २४ वर्षीय मनोज यादव छन् ।

उनीहरू सबैलाई सुनसरीको साहेबगन्जवाट पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताउनुभयो । गत जेठ २१ गते कार्यालयबाट सुनसरीको दुहबी घर जाने क्रममा मोरङको टङ्कीसिनवारीबाट साह अपहरणमा परेका थिए ।

अपहृत चार्टर्ड एकाउन्टेन्ट साहलाई प्रहरीले शनिबार राति भारतीय सीमा जोडिएको सुनसरीको साहेबगन्जबाट अपहरणकारीबाट मुक्त गराउन सफल भएको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । अपहरणकारीले साहलाई मोरङ तथा सुनसरीका विभिन्न सीमावर्ती भारतीय क्षेत्रमा राखेको अवस्थामा प्रहरीको खोजबिन तीव्र बनाएपछि साहेबगन्जमा लुकाइराखेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभु ढकालको नेतृत्वमा खटिएको टोलीले अपहरणकारीलाई पक्राउ गरेको हो । अपहरणकारीमध्ये चार नेपाली तथा दुई भारतीय फरार रहेको प्रहरीले जनाएको छ ।