१ कार्तिक २०८३, शनिबार

बेहुला–बेहुलीसहितको जिप दुर्घटना हुँदा १२ जना घाईते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

okhaldhunda-3

ओखलढुंगा, ८ असार । ओखलढुंगा जिल्लाको च्यानमबाट बेहुली लिएर वाक्सातर्फ फर्किदै गरेको बा १ च ५६६८ नंबरको जिपमा दुर्घटनामा परेको छ । लगातारको पानीले गर्दा चिप्लो बनेको बाटोमा जिप तिव्रगतिले हाँक्दा दुर्घना भएको बुझिएको छ ।

सिद्धिचरण नगरपालि ७ को खोदम्पा भिरबाट जिप ५ सय मिटर तल मोलुङखोलामा खसेको हो । दुर्घटनामा बेहुला–बेहुली चालकसहित १२ जना घाईते भएका छन् ।

घाइते हुनेहरुमा वाक्सा २ की १७ वर्षीय मिना कार्की, वाक्सा ६ की १४ वर्षीय शुसिला बस्नेत,च्यानम ९ की १९ वर्षीय बेहुली मन्जु कट्वाल,तलुवा ७ की १० वर्षीय सुनिता घिमिरे,वाक्सा २ का २२ वर्षीय बेहुला हिरा बहादुर कार्की वाक्सा २ की १७ वर्षीय मन्दिरा कार्की,सिन्धुली लदाभिर ४ की वर्ष १६ की दिपा कार्की, वाक्सा ५ की १७ वर्षीय उर्मिला कार्की, धरान नगरपालीका १६ का ३६ वर्षीय नेत्र कार्की, वाक्सा २ की २० वर्षीय चन्द्रकुमारी कार्की, वाक्सा ५ की ३० वर्षीय रचना कार्की र वाक्सा ९ का ३८ वर्षीय चालक मन कुमार राइ घाइते भएका छन् ।

घाइतेहरुको अहिले ओखलढुंगा सामुदायिक अस्पताल मिसन सोब्रुमा उपचार भइरहेको छ । घाईते मध्ये केहीको उपचार भइरहेको छ । उपचार गराइरहेका मध्ये पनि केहीको अवस्था चिन्ता जनक रहेको छ ।