२९ आश्विन २०८३, बिहिबार

१०१ वर्षीय वृद्धद्वारा मतदान, किरियापुत्रीले पनि गरे मतदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

electronic votingचितवन, ८ असार । चितवन क्षेत्र नं ४ मा आज भइरहेको उपनिर्वाचनमा १०१ वर्षीय जीवराम दवाडीले विद्युतीय मतदान यन्त्रमार्फत मतदान गर्नुभएको छ ।

उहाँले गीतानगर गाउँ विकास समितिमा रहेको हिमालय उच्च मावि चम्पानगर मतदान स्थलबाट बिहान ९ बजे मतदान गर्नुभएको थियो । चम्पानगर निवासी भण्डारीले आफूले एकै वर्ष दुईपटक मत खसाल्न पाएका भन्दै खुसी व्यक्त गर्नुभयो ।

यसैगरी, भरतपुर–७ ख मतदान केन्द्रमा कृष्णपुर बस्ने ९२ वर्षका जगतलाल महर्जनले बिहान ७:४५ बजे मतदान गर्नुभएको थियो ।

राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरमा दुई जना किरियापुत्रीले विद्युतीय मेसिनबाट मतदान गरेका छन् । बुबा टेकनाथ अधिकारीको निधन भएको आज ९ दिनको दिन मतदान गरेको उहाँहरुले बताउनुभएको छ । भरतपुर बुद्धचोकका मुकुन्दराज अधिकारी र गिरेन्द्रराज अधिकारीले यहाँ मतदान गर्नुभएको हो ।

सहयोगीका साथ आउनुभएका उहाँहरुलाई अगाडि नै मतदान गर्ने व्यवस्था मिलाइएको चितवनका प्रहरी प्रमुख प्रद्युम्न कार्कीले जानकारी दिनुभयो ।