२९ आश्विन २०८३, बिहिबार

मलेसियाको नेपाली कामदारको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्जुन काफ्ले

malaysia

मलेसिया । मलेसियामा एक नेपालीको कामकै दौरान दर्दटनामा पर्दा मृत्यु भएको छ ।

पाँच वर्ष पहिला ह्वाइट स्पेस म्यानपावर सुन्धाराबाट मलेसियाको सनवइ भीसीटी कम्पनी कापर केलाङ्गमा आएका गुल्मी वम्घा ९ का नुमबहादुर रानाको मुत्यु भएको हो ।

रातीको डिउटी गरिरहेका बेला एक्कासी हात र छातीको भागमा मेसिनले चोट लागेपछि उनलाई उपचारका लागेपछि केलाङ्ग अस्पतालमा पुर्‍याइएको थियो । अस्पतालमा पुर्‍याएपछि डाक्टरले चेकजाँचका क्रममा उनको मृत्यु भएको वताएका उनी कार्यरत कम्पनीका बुद्धिराम नेपालीले बताए । नुमबहादुरको शव अहिले केलाङ्ग अस्पतालमा पोष्टमाटमको लागि राखिएको छ ।

कम्पनीले सबै प्रक्रिया मिलाएर शव नेपाल पठाउने तयारी गरिरहेको छ । मृतकलाई कम्पनीले बिमा दिने भएको छ । ३६ बर्षका नुमबहादुरको परिवारमा श्रीमती, एक छोरा, दुइ छोरी रहेको वुझिएको छ ।

यता, मृत्यु भएको एक बर्षपछि धनकुटा हिलेका सुपबहादुर साम्वाहाम्फेको परिवारले विमा रकम प्राप्त गरेको छ ।

गत वर्षको फेब्रुअरीमा मलेसियामा मृत्यु भएका साम्वाहाम्फेको परिवारलाई उनी कार्यरत कम्पनी फल्यास्टोनिकले ढिलै भएपनि विमा रकम नेपाल पठाएको छ । जो

होरबारुको गेलाङ्गपाता पीटिपीमा सो कम्पनीमा कार्यरत साम्वाहाम्फेको गत बर्ष २०१३ फेब्रुरीको ३ तारिखका दिन उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई सो कम्पनीले आर.एम. १०,००० विमा रकम उपलब्ध गराएको छ । उक्त रकम संकलन गर्नमा सोही कम्पनीमा कार्यरत उहाँका फुपाजु सहित वार्डेन विजय शर्माको रोहोबरमा एक कमिटी गठन गरिएको थियो ।

प्राप्त रकमलाई उहाँकी श्रीमती दीपा साम्वाहाम्फलाई राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय धनकुटा हिलेमा पाउने गरी मरचेन्ट्रेटे बैंकबाट नेपाली २ लाख ९४ हजार २१० रुपैंया पठाइएको छ ।