१ कार्तिक २०८३, शनिबार

यसरी जितिन् तेरिया मगरले डान्स इन्डिया डान्स सिजन-३ (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Teriya-Magar2

काठमाडौं, ८ असार । भारतीय टेलिभिजन च्यानल जी टिभीको रियालिटी शोमाको उपाधि जितेर नेपाली बालिका तेरिया फौजा मगरले वाहवाही कमाएकी छिन् ।

स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले सामाजिक सञ्जालहरुमार्फत तेरियालाई बधाई दिएका छन् । तेरियाको जितले नेपालीबीचको एकतालाई झनै मजबुत बनाइदिएको छ । तेरियालाई जिताउन नेपालीले अत्याधिक भोट दिए ।

रियालिटी शो डीआइडी लिटिल मास्टर्स ३ को ग्रान्ड फाइनलको शनिबार राति भएको फाइनलमा तेरिया प्रथम भएकी हुन् । यो रियालिटी शोको फाइनलसम्म पुग्ने नेपालमै जन्मिएको तथा सबैभन्दा कम उमेरकी तेरिया नै हुन् ।

भोटिङका आधारमा दर्शकबाट उनले सबैभन्दा धेरै मत पाएकी थिइन् । उपाधिसँगै तेरियाले ५० लाख भारुका साथै एउटा कार पनि पाएकी छिन् । अन्य तीन जनाले पनि नगदसहित उपहारहरू प्राप्त गरेका छन् ।

तेरियासँगै फाइनलमा पुगेकी कोलकाताकी ८ वर्षीया अनुस्का क्षेत्री फस्ट रनरअप र भारत बेंगलोरका १० वर्षीय सद्विन सेट्टीले सेडेन्ड रनरअप भए । मुम्बईका १२ वर्षीय हार्दिक रुपारेलले चौंथो स्थानमै चित्त बुझाए ।

४० हजार प्रतिस्पर्धीलाई पछि पार्दै अडिसन राउन्ड देखि नै अत्यन्त उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आएकी ११ वर्षीया तेरिया बुटवलकी हुन् । सामान्य परिवारमा जन्मिएकी तेरियाबुटवलस्थित बागेश्वरी संगीतालयमा पाँच वर्षदेखि नृत्य सिक्दै आएकी थिइन् । वुटवलको रुद्रपुरस्थित पिस ल्यान्ड भूपू सैनिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत तेरिकी आमा सोही विद्यालयमा क्यान्टिन चलाउँछिन् । बुबा भने रोजगारीका लागि दुवईमा छन्। उनी पनि तेरियाको फाइनल कार्यक्रममा भाग लिन भारत पुगेका थिए ।

https://www.youtube.com/watch?feature=youtu.be&v=qycD6aq9kdo&app=desktop