गुलरिया (बर्दिया), ८ असार । कार्यबाहक प्रधानमन्त्री गौतम वामदेव गौतमले बर्दियाको देउडाकलामा मतदान गर्दै हुनुहुन्छ ।
बर्दिया क्षेत्र नं १ को देउडाकला–९ त्रिभुवन उच्चमावि ककौरा केन्द्रमा गौतमले मतदान गर्ने कार्यक्रम छ । गौतम यही क्षेत्र र प्युठानबाट निर्वाचित हुनुभएको थियो । तर, उहाँले यस क्षेत्र छाडेकाले उपनिर्वाचन भएको हो ।
आज बिहान ५ बजे परेको अविरल वर्षाका कारण मतदाताहरुलाई मतदान गर्न केही प्रभावित बनाएपनि बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको छ । नमुना विद्युतीय मतदान कार्य छिटो र भरपर्दो हुने मतदाताले बताएका छन् ।
बर्दिया क्षेत्र नम्बर १ मा कुल मतदाता सङ्ख्या ५८ हजार ४४३ रहेको छ भने मतदान केन्द्र ७८ वटा र मतदानस्थल ३७ वटा रहेका छन् ।
















प्रतिक्रिया