२९ आश्विन २०८३, बिहिबार

कैलालीमा उपनिर्वाचन: शान्तिपूर्ण वातावरणमा जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kailali-6

धनगढी, ८ असार । कैलाली जिल्ला निर्वाचन क्षेत्र ६ मा संविधानसभाको उपनिर्वाचन आज बिहान ७ बजेदेखि उत्साहका साथ शान्तिपूर्ण वातवरणमा सुरु भएको छ ।

गएरातिदेखि आज बिहान ६ः३० बजेसम्म भएको वर्षाले मतदान केन्द्रमा गरिएको व्यवस्थापनलाई सामान्य असर पु¥याएको भए पनि मतदान कार्य निर्धारित समय ७ बजेदेखि नै सुरु भएको मुख्य निर्वाचन अधिकृत यज्ञराज भट्टले बताउनुभयो ।

वर्षा रोकिए लगत्तैबाट मतदाताहरु मतदानस्थलतर्फ ओइरिन थालेपछि क्षेत्र नं ६ का सबै मतदानस्थलमा अहिले चहलपहल निकै बढेको छ । बर्खे धानबालीका लागि खेतबारी खनजोतमा दिनभरि नै व्यस्त रहने गरेका कृषक मतदाताहरु आजको दिन भने काम रोकेर मतदान गर्न आएको बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले क्षेत्र नं ६ का सबै मतदानस्थलमा मतदानको कार्य भयरहित र शन्तिपूर्ण वातावरणमा सम्पन्न गराउन झन्डै दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो ।