२९ आश्विन २०८३, बिहिबार

इराकमा फसेका नेपालीको उद्धार कठिन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

iraq-map

काठमाडौं, ८ असार । इराकको हिंसाग्रस्त क्षेत्र टिक्रिटमा ११ दिनदेखि फसेका तीन नेपाली कामदारको उद्धारमा कठिनाइ भएको छ ।

उनीहरु काम गर्ने सरकारी भवनमा विद्रोहीले गरेको आक्रमणमा उनीहरुको राहदानी समेत जलेकाले उद्धारमा कठिनाइ भएको हो । टिक्रिट इरानी पूर्वशासक सद्दाम हुसेनको जन्मस्थान रहेको समाचार कान्तिपुर दैनिकमा छ ।

राजधानी बग्दादबाट १ सय ४० किलोमिटर उत्तरस्थित टिक्रिटमा कानेपोखरी ९ मोरङका ३८ वर्षीय मोहनकुमार बस्नेत, दमक १३, झापाका ३८ बर्षीय प्रेस गिरी, र घोराही ठाकुर ९ का टोपबहादुर बस्नेत फसेका छन् । काम गर्ने घर ध्वस्त भएपछि इराकीले छाडेर गएको घरमा उनीहरु शरण लिइ बसिरहेका छन् ।

‘काम गर्ने सरकारी भवन विद्रोहीले ध्वस्त पारिएको छ । साथमा राहदानी छैन,’ गिरीले फोन सम्पर्कमा भने ‘सरकारले चाँडै उद्धार गर्ला भन्ने आशामा छौं ।’ इराक हेर्ने जिम्मेवारी पाएको पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावासले भने पिडित नेपालीलाई तत्काल उद्धार गर्न कठिन रहेको जनाएको छ ।

‘त्यस क्षेत्रमा सरकारी उपस्थिति छैन्’ राजदूत भरतराज पौड्यालले भने ‘हामी कसरी सुरक्षित रुपमा उद्धार गर्न सक्छौं भनेर विभिन्न बाटो पत्ता लगाउन खोजिरहेका छौं ।’