पर्सा, ८ असार । वीरगंज १८ भिस्वा टोलमा एक भारतीय दम्पत्तीले नसालु पदार्थ खुवाएर नगद र गरगहना लुटपाट गरेको छ ।
भारतीय नागरिक विनोद सिंहको जोडीले तिचसो पेय पदार्थमा लट्ठयाउने औषधि प्रयोग गरी रुदल शाह कलवारको घरमा नयाँ बुहारीलाई भान्सा प्रवेश गराउने कार्यक्रममा सहभागी १५ जनाभन्दा बढीलाई बेहोस बनाएर लुटपाट गरेको हो ।
मधेसी समुदायमा नयाँ बुहारीलाई भान्छा छिराउनुअघि हाँडी छुवावन गराउने चलन छ । रुदलकै घरमा डेरामा बस्दै आएका विनोद र उनकी श्रीमति चिसो पेय पदार्थको बोत्तल लिएर घरबेटीको खुसीमा आत्मीयता दर्शाउन पुगेका थिए ।
उनीहरुले आफैले गिलासमा चिसो खन्याउँदै वितरण गरेको रुदलका छोरा विजयले बताए । चिसो पिएलगत्तै उच्सवमा सबै अचेत भए । त्यही मौका छोपेर उनीहरुले नगद र गरगहना लुटेको प्रहरीले जनाएको समाचार नागरिक दैनिकमा छ ।
















प्रतिक्रिया