३० आश्विन २०८३, शुक्रबार

मनसुन सुरु : यसपालि न्यून वर्षा हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kathmandu-weatherकाठमाडौं, ८ असार । पहिले–पहिले जुनको दोस्रो सातातिर भित्रिने मनसुन यस वर्ष डेढ साता ढिलो शुक्रबारबाट सुरु भएको छ।

जलवायु तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार शुक्रबार नेपाल भित्रिएको मनसुन नेपालको पूर्व, मध्य र पश्चिम क्षेत्रमा प्रभाव जमाउँदैछ।

उनका अनुसार यसपालि मनसुनी प्रभाव भने औसतमा कम हुनेछ। ‘यसपालि धेरै स्थानमा वर्षाको मात्रा र प्रभाव कमजोर हुनेछ,’ उनले आँकलन गरे।

मौसमविदका अनुसार नेपालमा जुनको दोस्रो सातातिर भित्रिएर मनसुन करिब सय दिन रहन्छ। यस अवधिमा १ हजार ३ सय २५ मिलिमिटर वर्षा हुन्छ। यो वर्ष मनसुन प्रवेश मार्ग मानिने दक्षिण भारतको केरला र बंगलादेशको चटगाउमै मनसुन ढिला आइपुगेको थियो।

नेपाली आकाशमा स्थानीय मौसमी चक्रको प्रभावसँग मनसुनको भेट भइसकेको र यो केही दिनमै बिस्तारै स्थानीय चक्रलाई धकेल्दै पूरै देशभरिको आकाशमा फैलने मौसमविद्हरु बताउँछन्।

गत वर्ष करिब चार दिन ढिलो भित्रिएको मनसुस झन्डै ३५ दिन ढिलो कात्तिक २ ९अक्टोबर १९० मा बिदा भएको थियो। नागरिक दैनिकबाट