काठमाडौं, ८ असार । एकीकृत नेकपा माओवादीभित्र संस्थापन पक्षसँग असन्तुष्ट नेता बाबुराम भट्टराई पार्टी र संगठनका गतिविधिबाट क्रमशः अलग हुन थालेका छन्।
वैशाखमा भएको विराटनगर सम्मेलनबाट पार्टी गतिविधिबाट टाढिँदै गएका भट्टराईले पछिल्लो समय पार्टीका घोषित कार्यक्रम र गतिविधिमा उति रुचि देखाएका छैनन्।
नयाँ शक्ति उदयबारे बहस चलाएको र पार्टीभित्रै समानान्तर समिति गठन गरेको आरोप खेपेका भट्टराई पार्टी गतिविधिबाट अलग हुनुलाई एमाओवादीभित्र भने अर्थपूर्ण रूपमा लिन थालिएको छ। भट्टराई पक्षधर भने यसलाई अलग भएको अर्थमा बुझ्न नहुने भन्दै संस्थापन पक्षको एकतर्फी प्रचारबाजीका रूपमा लिनुपर्ने जिकिर गर्छन्।
केन्द्रीय समितिले जेठ २७ देखि असार १७ गतेसम्म राजनीतिक प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको थियो। सोहीअनुसार आयोजना भएकामध्ये थारुवान, भेरी–कर्णाली, सेती–महाकाली राज्य समिति स्तरको राजनीतिक प्रशिक्षणमा भट्टराई उपस्थित भएनन्, जबकि उनले प्रशिक्षणमा ुफरक मतु राख्ने निर्णय भइसकेको थियो।
‘संविधानसभाको बैठक भएकाले उहाँ (भट्टराई) त्यहाँ नजानुभएको हो, अरु कारण छैन,’ भट्टराईनिकट ‘पोलिटब्युरो सदस्यु गंगानारायण श्रेष्ठले भने, ‘पार्टीको कामभन्दा संविधान लेखनको काम महवपूर्ण भएकाले उहाँ केही प्रशिक्षणमा नजानुभएको हो।’
उनका अनुसार संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहेका भट्टराईको मुख्य ध्यान प्रगतिशील संविधान निर्माणमा बढी केन्द्रित गर्ने योजना छ। नागरिक दैनिकबाट















प्रतिक्रिया