दोहा । प्रवासी नेपाली मञ्च कतारले नेकपा एमालेको आसन्न नवौं राष्ट्रिय महाधिवेशनमा कतारवाट महाधिवेसन प्रतिनिधि चयन गरेको छ ।
प्रवासी नेपाली मञ्च कतारको भेलाले मञ्चका सचिवालय सदस्य कमल मणि गुरागाईंलाई सर्वसम्मतले छनौट गरेको हो ।
भेलामा मञ्चका सदस्यहरुले महाधिवेशन प्रतिनिधि सर्वसम्मतले चयन गर्नुपर्ने बताएपछि सोही भावना अनुसार गुरागाईँलाई सर्वसम्मत गरिएको मञ्चका अध्यक्ष दिल किरण खजुमले जानकारी गराउनुभयो ।
शुरुमा ८ जना महाधिवेशन प्रतिनिधि जान इच्छुक देखिए पनि सवैले उहाँलाई सम्मान गर्दै समर्थन गरेको खजुमले बताउनुभयो ।
गुरागाईं सन् २००४ मा स्थापना गरिएको मोर्चा तत्कालिन प्रवासी नेपाली सम्पर्क मञ्च कतारका संस्थापक अध्यक्ष समेत हुन् ।
भेलामा अध्यक्ष दिल किरण खजुमले मन्तव्य राख्दै आसन्न नवौं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौटको विधि र प्रकृया वारे जानकारी गराएका थिए । सोही अवसरमा मञ्चका उपाध्यक्ष चानक पोखरेल, सचिव छविलाल प्युठानी, उपसचिव हरिकुमार वस्नेत, सचिवालय सदस्य गुरागाईं, टिवी कार्की, रामहरी गैह्रे, सल्लाहकार परिषद अध्यक्ष नरेश श्रेष्ठ, सल्लाहकार सदस्य पुर्ण केसीले आफ्नो धारणा राखेका थिए ।














प्रतिक्रिया