२९ आश्विन २०८३, बिहिबार

मुलुकभर एमाले महाधिवशेन प्रतिनिधि छनोट जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-9th-Congress-Logo-600x351

काठमाडौँ, ७ असार । असार १९ गतेदेखि राजधानीमा शुरु हुने नेकपा एमालेको नवौं महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुको चयन आज देशैभर एकसाथ भइरहेको छ ।

एमालेका अनुसार यसअघि नै ताप्लेजुङ्ग, तेह्रथुम, रसुवा र सोलुखुम्बु लगायतका १६ भन्दाबढी जिल्लामा सर्वसम्मत् प्रतिनिधि चयन भइसकेका छन् ।

संविधानसभाको उपनिर्वाचन भएका काठमाडौं, चिवतन, बर्दिया र कैलाली, विभिन्न जनवर्गीय संगठन र विवाद रहेका जिल्ला जुम्ला, सप्तरी र धनुषालगायतमा पनि असार १० गते नै प्रतिनिधि चयन हुने छ ।

एमालेमा अध्यक्षका लागि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओलीले अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने लगभग निश्चित रहको उक्त महाधिवशेनमा झण्डै १ हजार ९ सय प्रतिनिधि सहभागी हुने छन् ।