२९ आश्विन २०८३, बिहिबार

विश्वकपको आजको खेलमा कस्ले बाजी मार्ला ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

world-cup-final5

काठमाडौँ, असार ७ । विश्वकप फुटबल अन्तर्गत नेपाली समय अनुसार शनिवार राति समूह ‘एफ’ र ‘जी’ का खेलहरु हुने भएका छन्।

समूह ‘एफ’ को दोस्रो चरणको खेलमा राति पौने १० बजे अर्जेन्टिना र ईरान भिड्दै छन् ।

पहिलो खेलमा बोस्निया हर्जगोविनालाई २–१ ले हराएको अर्जेन्टिना विश्वकप फुटवलको २० औँ संस्करणको वलियो दावेदार टीम हो । नवप्रवेशी टिम बोस्निया हर्जगोविनालाई झिनो गोल अन्तरले हराएको अर्जेन्टिनाले आजको खेलमा कस्तो प्रर्दशन गर्ने हो त्यो हेर्न भने बाँकी छ ।

अर्जेन्टिनाका लिओनल मेसीको चर्चासँगै अहिले अर्जेन्टिनाको पनि चर्चा हुने गरेको छ । उनले कस्तो खेल पस्कन्छन् त्यसले पनि अर्जेन्टिनाको आगामी बाटो तय हुनेछ । नाइजेरियासंग गोलरहित बराबरी खेलेको ईरानका खेलाडीलाई अर्जेन्टिनाले कम आक्ने अवस्था छैन ।

विश्वकप अन्तर्गत समुह ‘जी’ को खेलमा राति पौने १ बजे जर्मनीले घानाको सामना गर्दैछ । पहिलो खेलमा पोर्चुगललाई ४–० को फराकिलो अन्तरले हराएसंगै जर्मनी नेदरल्याण्ड्सपछि उपाधिको प्रमुख दावेदार भएको अड्कल गरिएको छ ।

अमेरिकासँग २–१ ले पराजित भएको घाना पनि कमजोर टीम भने होइन ।

त्यसैगरी विश्वकप अन्तर्गत समुह ‘एफ’ को दोस्रो चरणको अन्तिम खेलमा भोलि बिहान अर्थात आइतवार पौने ४ बजे नाइजेरिया र बोस्निया हर्जगोविना भिड्दै छन् ।