काठमाडौँ, असार ६ । संविधानसभा उपनिर्वाचन को मिति आउन दुई दिन मात्र बाँकी रहेका बेला निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । शुक्रवार आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले यस्तो जानकारी दिनुभएको हो ।
उप्रेतीका अनुसार संविधानसभा उपनिर्वाचनमा विद्युतीय उपकरणबाट मतदान गराइने छ । उप्रेती आफैँले पनि पत्रकार सम्मेलनमा सम्बन्धित क्षेत्रका मतदाताहरुलाई विद्युतीय मतदानका लागि आग्रह गर्नुभएको थियो ।
आगामी असार ८ गते काठमाडौं–२ चितवन–४ बर्दिया–१ र कैलाली–६ मा आइतबार निर्वाचन हुँदैछ । प्रमुख आयुक्त उप्रतीले ती क्षेत्रमा महिला मतदाताको संख्या बढी रहेको जानकारी दिनुभयो ।
उपनिर्वाचनका लागि ६० वटा दल र १६ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् ।













प्रतिक्रिया