काठमाडौं, ६ असार । नेपालका लागि भारतीय राजदूत रञ्जित रे र अमेरिकी राजदूत पिटर डब्लु बोडीले नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग आज भेटवार्ता गरेका छन् ।
वरिष्ठ नेता नेपालको नीजि निवासमा विहान ९ बजे भएको भेटमा नेपालको विकास प्राथमिकता, आर्थिक सहयोग, मुलुकको पछिल्लो राजनीतिक अवस्था र नेकपा एमालेको आसन्न नवौँ महाधिवेशनका सन्दर्भमा समेत कुराकानी भएको थियो ।
एमाले महाधिवेशनका सन्दर्भमा नेता नेपालले पार्टीभित्र नीति र वैचारिक बहसको पाटो प्रधान भएको र यसको अभ्यास गरिरहेको बताउनु भएको थियो । उहाँले नेतृत्वको सम्बन्धमा सकेसम्म सहमतिद्वारा र नसकिए उच्चस्तरीय प्रजातान्त्रिक अभ्यासबाट नेतृत्व चयन गरिने बताउनुभयो । सो अवसरमा मुलुकको समृद्धि र असल पार्टीको निर्माण नै आफ्नो प्रमुख एजेन्डा रहेको नेता नेपालले उल्लेख गर्नु भयो ।
भारतीय राजदूतसँगको भेट लगत्तै पूर्व प्रधानमन्त्री नेपाललाई भेट्न नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडी नेपाल निवास पुग्नु भएको थियो । भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था, नेकपा एमालेको आसन्न नवौँ महाधिवेशन एवं नेपाल अमेरिकाबीचको द्धिपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।
















प्रतिक्रिया