२८ आश्विन २०८३, बुधबार

गुल्मी र प्यूठानमा पहिरोले १२ जनाको ज्यान गयो, दुई अझै वेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gulmi_map

अविरल बर्षासँगै आएको पहिरोबाट गुल्मी र प्युठानमा पहिरोमा १२ जनाको ज्यान गएको छ ।

गुल्मीबाट पत्रकार अनिल खत्री र शिव सुवेदीका अनुसार, गुल्मीको पश्चिमी गाविस अग्लुङमा बिहीबार राति पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु भएको छ ।

राति परेको अविरल बर्षाको कारण १ सय ५० मिटर माथिबाट अग्लुङ–८ निपानेमा झरेको पहिरोले एकै परिवारका ९ जनाको मृत्यु भएको हो ।

प्यूठानबाट पत्रकार विजयसिंह भारती लेख्छन्- प्यूठानको खुङ–८ मा खाल गएराति गएको पहिरोले तीन घरगोठ बगाएको छ । पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने दुई जना अझै वेपत्ता रहेका छन् ।