काठमाडौं, ६ असार । विदेश पठाइदिन्छु भन्दै पैसा उठाएर ठग्ने एमाले नेता तथा पूर्वसामान्य प्रशासन राज्यमन्त्री जितु गौतमकी पत्नी तुलसादास गौतम पक्राउ परेकी छन्।
ठगिएका व्यक्तिको उजुरीपछि प्रहरीले उनलाई जेठ २९ गते पक्राउ गरेको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
तुलसाले क्यानाडा पठाइदिन्छु भनेर झापा पृथ्वीनगरका पूर्णबहादुर लामालगायत १२ जनालाई बंगलादेश पुस्याएर नेपाल फर्काई अलपत्र पारेको आरोप छ।
तुलसाले पैसा तिर्ने बहानामा गत वर्ष चैत १० गते र १५ गते दिएको दुईवटा चेकमा अंकित साढे पाँच लाख रुपैयाँ बाउन्स भएको थियो। चेक एनआईजी एसिया ब्यांकको थियो। ‘मैले पटकपटक तुलसा दिदी र जित’ सरलाई पैसा दिन आग्रह गरें।
मलाई पुलिस लगाएर चौकी लगियो। चौकीमा आफ्ना समस्या राख्दा कानुनी प्रक्रियामा जान सल्लाह दिएपछि ठगीमा उजुरी दिएको हुँ’, पूर्णबहादुरले भने। महानगरीय प्रहरी वृत्त बौद्धले घटनाको अनुसन्धान गरिरहेको छ।
वृत्तका प्रमुख श्यामसिंह चौधरीले तुलसामाथि चेक बाउन्स मुद्दामा अनुसन्धान भइरहेको बताए। वृत्तमा महिला हिरासत नभएपछि तुलसालाई महाराजगन्ज वृत्तको हिरासतमा राखिएको छ।
(तस्विरमा पूर्वराज्यमन्त्री गौतम)













प्रतिक्रिया