काठमाडौँ, ६ असार । कुल औद्योगिक कर्जाको करीव ६३ प्रतिशत कर्जा काठमाडौँ क्षेत्रमा उपयोग हुँदै आएको छ । राष्ट्र बैँकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको समष्टिगत अर्धवार्षिक प्रतिवेदनमा यस्तो देखिएको हो ।
अधिकांश ठूला बैँक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालय काठमाडौँमा रहनु र ठूलो कर्जा लगानीसम्बन्धी अधिकार प्राय केन्द्रीय कार्यालयमै रहनुले कुल कर्जामा काडमाडौँ क्षेत्रको अंश उच्च देखिएको राष्ट्र बैँकले बताएको छ ।
यस्तै बैँक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेपमा काठमाडौँ क्षेत्रको अंश ६८ दशमलब ७ प्रतिशत र कुल कर्जामा यस क्षेत्रको अंश ५८ दशमलब ६ प्रतिशत रहेको छ । सो अवधिमा कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा गएको कर्जाको अंश ३३ दशमलब १ प्रतिशत देखिन्छ ।
उक्त अध्ययनमा समावेश भएका क्षेत्रका बैँक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ९ दशमलब ५ प्रतिशतले बृद्धि भई रु ३ खर्ब, ३५ अर्ब ९० करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १३ दशमलब ९ प्रतिशत बढेको थियो ।
काठमाडौँ क्षेत्र अन्तर्रगत काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा र दोलखा जिल्ला समेटिएको छ । आर्थिक अभियान दैनिकबाट













प्रतिक्रिया