२८ आश्विन २०८३, बुधबार

सार्क सम्मेलन सर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sarcकाठमाडौं, ६ असार । आगामी कात्तिकको अन्त्यमा गर्न प्रस्ताव गरिएको दक्षिणएसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलन केही महिना पर सर्ने भएको छ।

आयोजक मुलुक नेपालले नै तयारी पूरा गर्न नसकिने भन्दै सार्न प्रस्ताव गर्ने सम्भावना बढिरहेकै बेला केही सदस्य राष्ट्रले पनि अनौपचारिक छलफलमा त्यो समय उपयुक्त नभएको बताएकाले सम्मेलन सर्ने प्रायस् निश्‍चित भएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जनायो।

नेपाल सरकारले कात्तिकको अन्तिममा सम्मेलन आयोजना गर्न प्रस्ताव गरे पनि अहिलेसम्म मिति नै तोकेर सदस्य मुलुकहरूलाई औपचारिक पत्राचार गरेको छैन।

केही सदस्य राष्ट्रले सम्मेलनका लागि कात्तिक अन्तिम र मंसिरको प्रारम्भ उपयुक्त समय नभएको संकेत गरेपछि मिति तय नहँदै सम्मेलन सर्ने अवस्था देखिएको हो। सार्कमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र अफगानिस्तान सदस्य छन्।

नेपाल सरकारले कात्तिकको अन्त्यमा सुरु गरी मंसिरको पहिलो साता सम्पन्न गर्ने, त्यो पनि सम्भव नभए मंसिर तेस्रो साता गर्ने गरी सदस्य मुलुकसँग छलफल अगाडि बढाएको थियो।

छलफल टुंगोमा पुगेपछि औपचारिकताका लागि एउटा तिथि तोकेर सार्क सचिवालयमार्फत सबै मुलुकमा पठाउने प्रचलन छ। तर दुवै प्रस्तावमा सहमति जुट्न नसकेको मन्त्रालय स्रोतले बतायो।

स्रोतले भन्यो, ‘सबै पक्षबाट भएको तयारी हेर्दा अहिले हामीले प्रस्ताव गरेको दुवै समयमा शिखर सम्मेलन गर्न सकिने देखिँदैन। मन्त्रिपरिषद्ले कात्तिकरमंसिरमा सम्मेलन गर्ने निर्णय त गस्यो तर सदस्य राष्ट्रसँग सहमति लिएर औपचारिक रूपमा मिति तय गर्न निर्णय गर्नसकेको छैन।’ सरकारले विभिन्न समिति बनाएर शिखर सम्मेलनको तयारी अघि बढाए पनि सोचेअनुरूप काम हुनसकेको छैन। अन्नपूर्ण पोष्ट दैनिकबाट