२९ आश्विन २०८३, बिहिबार

खर्चको हिसाव किताव पनि सरकारलाई बुझाउनु पर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Simhadarbarकाठमाडौँ, ६ असार । समाजमा अब कसैको जन्मदिनका अवसरमा गरिने खर्चको हिसाव किताव पनि सरकारलाई बुझाउनु पर्ने भएको छ ।

सामाजिक व्यवहार सुधार ऐन, २०३३ खारेज गर्दै सरकारले ल्याएको सामाजिक व्यवहार सुधार विधेयक, २०७१ मा जन्मदिनमा गरिने खर्चको हिसवाकिताव पनि खोजिएको छ ।

सर्वसाधारण जनताको आर्थिक हित कायम गर्न तथा सामाजिक व्यवहारलाई सरल, स्वच्छ, मितव्ययी एवं मर्यादित बनाउन यस्तो व्यवस्था राखी सरकारले ऐन बनाउन लागेको हो ।

विधेयकमा जन्मोत्सव खर्च वापत लागेको रकमको हिसाव किताव १५ दिनभित्र सम्बन्धित बडा समिति वा गाउँ विकास समितिको कार्यालयमा बुभाउनुपर्ने व्यवस्था राखिएको छ ।

जन्मोत्सवका अतिरिक्त विवाह, विवाह सम्बन्धमा विवाहअघि वा पछि गरिने कार्यक्रम, मृत्यु संस्कार, पितृमातृ कार्य वा अआफ्नो कुलरित, धर्म वा संस्कृति अनुसार गरिने अन्य कार्य वा समारोहमा पनि यो नियम लागू गरिने भएको छ ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले ऐनको नियमविपरित कार्य गरेमा प्रत्येक पटक थप २५ हजार रुपियाँ जरिवाना गर्ने व्यवस्था छ । राजधानी दैनिकबाट