२८ आश्विन २०८३, बुधबार

बायोमेट्रिक प्रणाली लागु भए मलेसिया जान थप रु १५ हजार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

workersकाठमाडौँ, ५ असार । मलेसिया सरकारले असार एक गतेदेखि बायोमेट्रिक लागु गर्ने तयारी गरेको छ ।

यदी बायोमेट्रिक प्रणाली लागु भए असार एक गतेदेखि मलेसिया जाने कामदारको थप १५ हजार रुपैयाँ लागत बढ्ने छ। यसरी बायोमेट्रिक प्रणालीले नेपाली कामदारलाई भार थपिने भन्दै अधिकांस व्यवसायीहरुले त्यसको विरोध गरेका छन्। ‘बायोमेट्रिक प्रणाली लागु भए एक कामदारले थाप्लोमा करीब १५ हजार रुपैयाँ भार थपिने छ,’ प्रगतिशील बैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष टंक राउतले भने, ‘अहिले मलेशिया जान करीब रु एक लाख २० हजार रुपैयाँ तिर्नुपर्छ।’

स्वास्थ्य परीक्षण गर्ने सस्थाहरुमा मेशिन राखेर औलाको छाप लिन र त्यही औलाको छाप मलेसियामा पनि लिने गरी यो प्रणाली लागु गर्न खोजिएको हो। यसका लागि लागत भन्दा निकै बढी नाफा राख्दा कामदारले चर्को मुल्य तिर्नुपर्ने भएको व्यवसायीहरुको गुनासो छ । बायोमेट्रिक लागुभएपछि स्वास्थ्य परीक्षणकै लागि कामदारले न्युनतम १९ हजार रुपैयाँ खर्च गर्नुपर्छ।

मेडिकल रिपोर्टको म्याद ६० दिन मात्रै हुने तर कामदार पठाउन न्युनतम ८० दिन लाग्ने भएको कारण पनि कामदारले दोहोर्याएर मेडिलक गर्नुपर्ने भन्दै पूर्णरुपमा उक्त प्रणाली लागु नगर्न व्यवसायीहरुले दवाव दिएका छन् ।
इन्डोनेशियाले बोयोमेट्रिक लागु नगर्ने भनेर मलेसियालाई पत्र पठाइसकेको स्मरण गराउँदै राउतले नेपालले पनि पत्र पठाउनु पर्ने दाबी गरे ।