२८ आश्विन २०८३, बुधबार

सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त विरुद्ध अख्तियारमा उजुरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chief-Armed-policeकाठमाडौँ, ५ असार । सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । जानकारी अनुसार सशस्त्र प्रहरी महानिरीक्षक वन्तले अवैध तरिकाले आर्जन गरेको सम्पत्ति अष्ट्रेलियामा रहेकी भाउजूलाई हुण्डी गरेर पठाउने गरेको र उताबाट भाउजूले बैंकमार्फत सो पैसा नेपाल पठाई कालो धनलाई सेतो बनाउने गरेको आरोपसहितको उजुरी अख्तियारमा दर्ता भएको हो । वन्तको उजुरी प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफैं हेरिरहेको बुझिएको छ ।
त्यसरी आएको रकम वन्तले ललितपुरको इमाडोल–७, ग्वार्कोमा रहेको किष्ट मेडिकल कलेजमा लगानी गरेको बुझिएको छ ।
त्यसैगरी सशस्त्र प्रहरीकै अर्का पूर्वआइजीपी सनतकुमार बस्नेतविरुद्ध परेको उजुरी पनि अख्तियारमा विचाराधीन छ । शसस्त्र प्रहरीका पूर्वमहानिरीक्षक बस्नेतमाथि चाहिँ सुनसरीको इटहरी नगरपालिकामा रहेको जग्गा कब्जा गरेको आरोपमा छ । काठमाडौं ज्ञानेश्वर निवासी रविराजा नाम गरेका व्यक्तिको इटहरीमा रहेको करिब १६ कठ्ठा जमिन बस्नेतले आफ्नी बहिनी, ज्वाइँ र मित पवन पोखरेलका नाममा राजिष्ट्रेशन गराई दुरुपयोग गरेको अख्तियारको आरोप छ ।