२८ आश्विन २०८३, बुधबार

पचास प्रतिशत महिला बर्थिङ सेन्टरमा जाँदैनन्, घरमै बच्चा जन्माउँछन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Darchula District

दार्चुला, ५ असार । अहिले पनि सुविधासम्पन्न शहरीया जीवन विताएका नपालीहरुले सुस्केरी व्याथा लाग्न थालेपछि नजिकको अस्पतालमा लैजाने गरेका छन् । तर, दार्चुलाका पचास प्रतिशत महिलाले भने अहिले पनि जनचेतना र प्रचारप्रसार अभावमा घरमै बच्चा जन्माउने गरेका छन् ।
‘गर्भवती महिलालाई सेवा दिने उद्देश्यले बर्थिङ सेन्टर खुल्दै गए पनि ५० प्रतिशत महिला घरमै बच्चा जन्माउँछन,’ जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका चिकित्सक रामेश्वर देवकोटाले भन्नुभयो, जिल्लामा २४ वटा बर्थिङ सेन्टर स्थापना भए पनि सबै महिला स्वास्थ्य संस्थामा आउदैनन् ।’
जिल्लामा गर्भवती आमाको सङ्ख्या चार हजार १ सय ४१ जना हुने अनुमान गरिएकामा तीन हजार ५ सय ८८ जना मात्र भएको स्वास्थ्यको तथ्याङ्क छ । दार्चुलामा विवाह गर्ने १५ देखि ४९ वर्षका महिला २६ हजार ५सय ८ रहेको छ ।

जिल्लामा गत वर्ष एक हजार ५३६ जनाले प्रोत्साहन पाएका यस आर्थिक वर्ष हालसम्म एक हजार १७६ जनाले सो रकम पाएको वरिष्ठ अनमी गौमती महराले बताउनुभयो ।

विगतको वर्षहरूको भन्दा गर्भवती महिलाहरू स्वास्थ्य संस्थामा औसत रूपमा बढे पनि लक्ष्यअनुसार नबढेको जनस्वास्थ्य निरीक्षक नरेन्द्रराज जोशी बताउनुहुन्छ । गर्भवती महिलालाई स्वास्थ्य संस्थामा आउन प्रोत्साहन गर्ने उद्देश्यले निमन्त्रणा कार्ड पठाउने व्यवस्था गरिएको छ ।

जिल्लामा यस आर्थिक वर्षको अवधिमा दुईजना आमाले ज्यान गुमाएको छ । स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउन नसकी ती आमाको ज्यान गएको हो । सुरक्षित रूपमा गर्भपतन गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । दक्ष जनशक्ति थपिँदै जाँदा सुरक्षित गर्भवती सङ्ख्या बढेको हो ।