२८ आश्विन २०८३, बुधबार

पचास प्रतिशत महिला घरमै बच्चा जन्माउँछन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baccha-sishu-balak

दार्चुला, ५ असार । जनचेतना र प्रचारप्रसार अभावमा दार्चुलाका पचास प्रतिशत महिला घरमै बच्चा जन्माउने गरेकी छन् ।

जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका चिकित्सक रामेश्वर देवकोटाले भन्नुभयो–“गर्भवती महिलालाई सेवा दिने उद्देश्यले बर्थिङ सेन्टर खुल्दै गए पनि ५० प्रतिशत महिला घरमै बच्चा जन्माउँछन् ।”

जिल्लामा २४ वटा बर्थिङ सेन्टर स्थापना भए पनि सबै महिला स्वास्थ्य संस्थामा आउन नसकेको देवकोटा बताउनुहुन्छ । जिल्लामा गर्भवती आमाको सङ्ख्या चार हजार १४१ जना हुने अनुमान गरिएकामा तीन हजार ५८८ जना मात्र भएको स्वास्थ्यको तथ्याङ्क छ । दार्चुलामा विवाह गर्ने १५ देखि ४९ वर्षका महिला २६ हजार ५०८ रहेको छ ।

जिल्लामा गत वर्ष एक हजार ५३६ जनाले प्रोत्साहन पाएका यस आर्थिक वर्ष हालसम्म एक हजार १७६ जनाले सो रकम पाएको वरिष्ठ अनमी गौमती महराले बताउनुभयो ।

विगतको वर्षहरुको भन्दा गर्भवती महिलाहरु स्वास्थ्य संस्थामा औसत रुपमा बढे पनि लक्ष्यअनुसार नबढेको जनस्वास्थ्य निरीक्षक नरेन्द्रराज जोशी बताउनुहुन्छ । गर्भवती महिलालाई स्वास्थ्य संस्थामा आउन प्रोत्साहन गर्ने उद्देश्यले निमन्त्रणा कार्ड पठाउने व्यवस्था गरिएको छ ।

जिल्लामा यस आर्थिक वर्षको अवधिमा दुईजना आमाले ज्यान गुमाएको छ । स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउन नसकी ती आमाको ज्यान गएको हो । सुरक्षित रुपमा गर्भपतन गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । दक्ष जनशक्ति थपिँदै जाँदा सुरक्षित गर्भवती सङ्ख्या बढेको हो ।